logo
२०८१ असोज ८ मंगलवार



बढी शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन

शिक्षा |
खुला |


बढी शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १९ गते । चिकित्सा शिक्षा आयोगले दुई मेडिकल कलेजलाई कानुनले तोकेभन्दा बढी शुल्क नअसुल्न निर्देशन दिएको छ । बढी शुल्क लिएको पाइएमा कारबाही गरिने पनि आयोगले स्पष्ट पारेको छ । आयोगका अध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई बढी शुल्क लिएकोबारे स्पष्टीकरण सोध्दै बढी शुल्क नलिन निर्देशन दिएको बताउनुभयो ।

दुई कलेजमा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा छन् । आयोगले यसअघि पनि दुवै कलेजलाई ध्यानाकर्षण गरेको थियो । यस विषयमा अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउन आयोगले सम्बन्धित विश्वविद्यालयलाई पनि निर्देशन दिइसकेको छ ।
आयोगका अध्यक्ष डा. गिरीले भन्नुभयो, “मेडिकल कलेजहरूले तोकिएको शुल्कभन्दा लाखौँ रुपियाँ बढी लिएको गुनासो छ । विद्यार्थी तथा अविभावकले समेत गुनासो गरेकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?