logo
२०८१ असोज ८ मंगलवार



शीतलहरको कहरमा आगो तापेर विद्यार्थी अध्ययन गर्दै

शिक्षा |
खुला |


शीतलहरको कहरमा आगो तापेर विद्यार्थी अध्ययन गर्दै
लहान–१० स्थित जनता आधारभूत विद्यालय बैरिया गुँदीगाँउका बालबालिकाहरु आगो ताप्दै बढदै तस्बिरः जिवछ यादव



जिवछ यादव
लाहान, पुस २० गते । बढ्दो शीतलहरले जनजीवन कष्टकर भइरहेकाे बला सामुदायिक विद्यालयका विद्यार्थीहरु आगो ताप्दै कक्षामा पढ्दै छन् ।
लाहान–१० मा रहेको जनता आधारभूत विद्यालयका बालबालिकाहरुलाई शीतलहरमा आगो ताप्न लगाउँदै फेरि कक्षामा पढाउनुपरेको शिक्षिका रीता महतो बताउनुहुन्छ ।उहाँको अनुसार के गर्ने अत्यधिक चिसो छ, जस्तापाताले छाएको भवनमा झन् बढी चिसो हुन्छ । बालबालिकाहरुले चिसोले कठ्याङग्रेपछि आगाे(घुर) ताप्न लगाएर फेरि कक्षामा पढाइरहेका छौं ।
निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुले प्रर्याप्त न्यानो लुगा हुने भएकोले त्यस्तो समस्या नभए पनि सामुदायिक विद्यालयमा पढ्ने गरीब विपन्न विद्यार्थीहरुलाई न्यानो लुगााको अभावमा यस्तो समस्या रहेकाले अत्यधिक चिसो भएपछि दाउरा बालेर विद्यार्थीहरुलाई पढाउनुपरिरहेको त्यस विद्यालयका प्रधानाध्यापक रङ्गलाल साहको भनाइ छ । शीतलहर बढेपछि विद्यार्थीहरु उपस्थित हुने सङ्ख्या निकै घटेको उहाँले बताउनुभयो ।
अत्यधिक चिसो बढेपछि पाँच दिनसम्म हिँउदे बिदा दिन सक्ने लाहान नगरपालिकाको शैक्षिक क्यालेण्डरमा उल्लेख भएकोले उत्तरी भेगका केही विद्यालयहरुमा विधार्थी सङ्ख्या हवात्तै घटेपछि विद्यालय बन्द गरेको लहान–१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उद्धव हमालले जानकारी गराउनुभयो ।
लाहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बढ्दो शीतलहरलाई ध्यानमा राखेर विद्यार्थी सङ्ख्या घटेमा शैक्षिक क्यालेण्डरमा व्यवस्था भएअनुसार विद्यालयहरुले पाँच दिनसम्म विद्यालय बन्द गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आपसी सल्लाह गरेर क्यालेण्डरअनुसार बिदा दिन सक्छ ।’
प्रदेश –२ का बारा पर्षा, सर्लाहीलगायत केही जिल्लाहरुमा बढ्दाे शितलहरको कारणले सामुदायिक विद्यालयहरु बन्द भइरहेको अवस्थामा सिरहा जिल्लाका सामुदायिक विद्यालयहरु शीतलहरमा बन्द गर्न जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ वा पालिकाहरुले सामूहिक निर्णय गर्दा राम्रो हुने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, सिराहाका अध्यक्ष देवकुमार यादवले बताउनुभयो ।
यता बढ्दो शीतलहरको चपेटामा बालबालिका बृद्धा र विपन्न समुदाय परेर स्वास्थ्य समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले १७ वटै पालिकाहरुमा दाउरा, कम्बल वितरण गर्न विपद् व्यवस्थापन समितिलाई जानकारी गरिसकेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?