लुम्बिनी विश्वविद्यालयमा बहुविषय पठनपाठन हुने
गोरखापत्र अनलाइन ,
श्रावण ५, २०७७ सोमबार
लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषयमा गएको छ । बौद्ध शिक्षा, धर्म र संस्कृति मात्रै पठनपाठन गराउने गरी स्थापना भएको विश्वविद्यालय बहुविषयमा गएको हो । विश्वविद्यालय ऐन २०६३ संशोधन भएपछि बौद्ध दर्शनसँग जोडिएर अन्य विषय समेत बौद्ध विश्वविद्यालयले पठनपाठन गर्न पाउने छ ।