धुलिखेलमा स्नातक तह पढाइ निःशुल्क, अन्य जिल्लाका लागि ५० प्रतिशत छुट
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
धुलिखेल नगरपालिकाका बासिन्दाले निःशुल्क स्नातक तह पढ्न पाउने भएका छन् । नगरलाई शैक्षिक हबको रुपमा अगाडि बढाउन लागेको धुलिखेलले आर्थिक वर्ष २०७७/०७८ बाट निःशुल्क स्नातक तह सुरु गर्ने भएको हो ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जूले नगरभित्र रहेको धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा स्नातक तहमा पढ्ने नगरभित्रका सबै विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार...