logo
२०८१ असोज १२ शनिवार



पण्डित जसराजको दाहसंस्कार

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


पण्डित जसराजको दाहसंस्कार


न्यूजर्सी, भदौ २ गते। शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ ।
भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उहाँ स्वदेश फर्कन पाउनु भएको थिएन । उहाँ विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आउनु भएको थियो । भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?