logo
२०८१ बैशाख ८ शनिवार



गंगाबाट गंगु बनेकी 'गंगुबाई काठियावाड'को कथा

मनोरञ्जन |


गंगाबाट गंगु बनेकी 'गंगुबाई काठियावाड'को कथा


काठमाडौं, फागुन २१ गते । भारतीय फिल्म निर्देशक सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाड’, गंगुबाई काठियावाडीको रियल स्टोरीमा आधारित छ । उहाँले अन्य फिल्म जस्तै यो फिल्मलाई पनि सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ ।

२ घण्टा ३६ मिनेट लामो फिल्मका पात्रहरुले दर्शकलाई तानेको छ । अलग र मन छुने शैलीमा प्रस्तुत गरिएको फिल्ममा भन्सालीले सपनाको मोहमा आफ्नै प्रेमीबाट धोका पाएपछि गंगाबाट गंगु बनेकी बिवस नारीले भोग्नुपरेको बाध्यता, खतरा र बदनामीलाई फिल्ममार्फत दर्शकसामू पस्किनुभएका छन् । फिल्ममा सेक्स वर्करले खप्नुपरेको यातनालाई दर्शाइएको छ ।

फिल्ममा आलिया भट्टलाई गंगुबाईको भूमिकामा देख्न सकिन्छ । उहाँको अभिनय जीवन्त छ । उहाँलाई हेर्दा लाग्छ हामी स्वयम गंगुबाईलाई नै स्क्रिनमा देखिरहेको छौं । आलियाले गंगुबाईको भूमिकापछि दर्शकको मनमा छुट्टै स्थान बनाउनुभएको छ ।

फिल्म डाइलग पारखीहरुका लागि भने एकदम उत्कृष्ट छ । फिल्ममा आलिया भट्टको दमदार अभिनयसँगै कडा डाइलग पनि प्रस्तुत गरिएको छ । फिल्ममा हाँसो, पिडा र कमेडी एकैसाथ महसुस गर्न सकिन्छ । सेक्स वर्करले भोगेको पिडाले दर्शकको मन रुवाउँछ ।

फिल्ममा कम गीत संगीत छन्, तर जति छन् तीनले दर्शकको ध्यान तानेको छ ।

यसैगरी, फिल्ममा सबै पात्रहरुले आफ्नो भूमिका इमान्दारिकासाथ निभाएका छन् । फिल्ममा कलकाकार शान्तुन माहेश्वरीलाई गंगुबाईलाई चोखो प्रेमीको रुपमा प्रस्तुत गरिएको छ । उहाँको यो बलिउड डेब्यु फिल्म हो । उहाँले पनि आफ्नो भूमिका राम्रोसँग निभाएका छन् । फिल्ममा पत्रकारको रुपमा अमिन फेजी अर्थात् जिम सरभकोलाई देख्न सकिन्छ ।

फिल्म एक १४ वर्षिय बालिकाललाई यातना दिँदै गरेको दृश्यबाट सुरु हुन्छ । उनलाई सेक्स वर्क अर्थात् धन्दा गर्न बाध्य गरिँदै गरेको निर्मम अवस्थाले सुरुमै दर्शकको मन खिन्न बनाउँछ ।

‘बम्बई’ अर्थात् सपनाको सहर । गंगा पनि सपनाको सहरमा आफ्नो सपना पुरा गर्न भाग्छिन् । उनको सपना हो बलिउडको हिरोइन बन्ने ।

गंगुको जन्मजात पूरा नाम हो गंगा जगजीवनदास काठियावाड । उनका पिता एक बेरिस्टर हुन्छन् । हिरोइन बन्ने सपना बुनेकी गंगा प्रेमी रमणीक नाम गरेको युवकसँग भाग्छिन् । रमणीको भूमिकामा भारतीय टेलिभिजनका चर्चित कलाकार वरुण कपुर हुनुहुन्छ ।

नवरात्रीको दिन सबैजना रमाईरहेको बेला गंगा भने रमणीकसँग मुम्बई जाने तयारीमा हुन्छन् । तर रमणीकले हिरोइन बन्न सकिने सपना देखाएर उनलाई एक हजार रुपैयाँमा कोठीमा लगेर बेचिदिन्छ । एक हजारमा बेचिएकी उनलाई केही दिन सम्म अँध्यारो कोठामा भोकै थुनिन्छ ।

तर भोक र पिटाई असह्य भएपछि उनी बाध्य भएर आफ्नो शरीर सुम्पिनुपर्ने धन्दातिर लाग्छिन् । यसपछि भने उनी ग्राहकलाई खुशी पार्नसक्ने अब्बल सेक्स वर्कर बन्छिन् । यसरी उनी गंगाबाट गंगु बन्छिन् । गंगु उनका ग्राहकले दिएको नाम हो । फिल्ममा गंगाबाट गंगु बन्ने यात्रामा उनले धेरै पिडा भोगेको देखाइएको छ ।

फिल्ममा एक यस्तो दृश्य छ, जसले दर्शकलाई स्तब्ध बनाएको छ । गंगुका एक ग्राहकले डब्बल पैसा तिर्छ, यातनका दिनकै लागि । त्यो ग्राहकले यौन प्यास मेटाउनका लागि नभएर सेक्स वर्करमाथि आफ्नो रिस पोख्नको लागि पैसा तिरेको हुन्छ । निर्मम पिटाईपछि गंगुको छातीदेखि पेटमा लगाइएको टाकासँगै उनको जीवनमा परिवर्तन आउँछ ।

यसपछि अजय देवगन अर्थात् रहिम लालाको भूमिका निभाएकासँग गंगुको भेट हुन्छ । यी दुईबीच दाजु बहिनीको सम्बन्ध गाँसिएसँगै गंगुले आफ्नो कमाठीपुराका हक र अधिकारको लागि आवाज उठाउँछ । किनभने उनको पछाडि उनका दाजु रहिम लाला हुन्छन् । यसरी फिल्ममा रगतको नाता भन्दापनि भावनाको नाताले गंगुको जीवनमा आएको परिवर्तन पनि देखाएको छ ।

यस्तै, विजय राजले कमाठीपुराका अध्यक्ष रजियाको भूमिका निभाएका छन् । यसमा उनी गंगुको विरुद्धमा उभिएकी छन् । गंगु र रजियाबीच रमाईलो दृश्य खिचिएको छ । जुन दर्शकले रुचाएका एक बेस्ट सिन पनि हो ।

गंगुबाइले रेडलाइट एरियाका चार हजार महिला र त्यहाँका बच्चाहरुका उच्च शिक्षाका लागि आवाज उठाइन् । आफ्नो कामलाई सम्मान गरिन् । गंगुबाई एक प्रशंसा गर्न योग्य पात्र हुन् । उनले लँडाई लडिन् र जितिन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?