पाेशाकले बढाएकाे छ आइडलका प्रतिष्पर्धीकाे आत्मविश्वास
गोरखापत्र अनलाइन ,
चैत्र ६, २०७६ बिहीबार
हरेक हप्ता सुटिङको दिन विहानैदेखि नेपाल आइडलका उत्कृष्ट पाँच प्रतिष्पर्धी बाटो हेरेर बस्नुहुन्छ । गेटबाट भित्र पस्न नपाउँदै सोधिहाल्नुहुन्छ । ‘आज मेरो लागि लुगा राम्रो छ नि है ?’ उहाँहरु एकैपटक आ–आफ्ना लुगा हेर्न हतारिनुहुन्छ । लुगा शरीरमा चिटिक्क मिलेपछि स्टेजमा अभ्यास गर्न उहाँहरु हतारिनुहुन्छ ।