विदेशिने युवाको कथा ‘तीन ट्रान्जिट’
गोरखापत्र अनलाइन
चैत्र २२, २०७८ मंगलवार
युवाहरू किन विदेशिन्छन् । नेपालमा युवाले काम पाउँदैनन् । सबैलाई किन विदेश जाने भूत चढेको छ । आफ्नै देशमा बसेर केही गरुँ न भन्ने ज्ञान युवामा कहिले आउने ? नाटक ‘तीन ट्रान्जिट’ यिनै कुराबीच घुमेको छ । नेपालको राजनीतिक विकासमा युवाको धेरै नै आवश्यकता रहेको नाटकले दर्शाउँछ । हरेक साना ठूला राजनीतिक परिवर्तनका लागि युवा चाहिन्छ तर यसरी युवा नै विदेशिएपछि देशको राजनीतिक र आर्थिक अवस्था कस्तो हुन्छ ? यी प्रश्नको जवाफ नाटकले...