शहरमा सुयोगवीर र बरीको कथा
गोरखापत्र अनलाइन
चैत्र ५, २०७८ शनिबार
साहित्यकार पारिजातको उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ ले दोस्रो विश्वयुद्धपछिको मानवीय संवेदना र विसंगत सामाजिक परिवेशलाई आधार बनाएर युद्धबाट फर्केको सुयोगवीर सिंह र एक सम्भ्रान्त परिवारसँगको सम्बन्धको कथा बताउँछ । तत्कालिन परिवेशमै फरक चेतना बोकेकी सकमबरी सुयोगवीरको युद्धको विस्मृती र विक्षिप्तताको ऐना बनेर आउनुहुन्छ ।