logo
२०८१ बैशाख २० बिहीवार



बारामा एकै घरमा पाँच जनाकाे मृत्यु, कारण स्पष्ट भएन  

फिचर |
खुला |


बारामा एकै घरमा पाँच जनाकाे मृत्यु, कारण स्पष्ट भएन  


शिवशंकर मिश्र

बारा असोज १५ गते । बारा जिल्लाको फेटा गाउँपालिका बटाला टोलमा एकै घरमा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय जोगा मुखिया, जोगाका भाई ३० वर्षिय महिन्दर मुखिया र जोगाका श्रीमती २९ वर्षिया लालमति देवी र छोरी १२ वर्षिय सुमनी कुमारी र एक जना नाम नखुलेका जोगामा ससुरा भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्युको कारण बारे स्पष्ट नभए पनि घरलु मदिरा बनाउने सिमेन्टबाट बनेको भूमिगत ट्याङकी भित्र पाँचै जना मृत अवस्थामा फेला परेका थिए । साथै सो घरमा हुक गरी विजुली चोरी गरेको तार पनि भएकाले करेन्ट लागेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

सो घरमा घरेलु मदिरा राख्ने दुईवटा ट्याङ्की रहेका र त्यस मध्ये एउटा र ट्याङकी खाली रहेको र अर्कोमा भने मदिरा रहेको थियो । मृतक पाँचै जना खाली ट्याङकीमा फेला परेका थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र गाउँ पालिका प्रमुख ममिरीप्रसाद साहले घटनाको पुष्टि गर्नुभयो ।

सो घटनाको अनुसन्धान गर्न बारका प्रहरी उपरीक्षक (एसपी) विकास राज खनाल सहितका सुरक्षा टोली घटना स्थलमा पुगेका छन् । घटना राती करीब ८ बजे तिर भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?