logo
२०८१ जेष्ठ ४ शुक्रवार



महरालाई केही बेरमा सरकारी वकिलको कार्यालय लगिने

फिचर |
खुला |


महरालाई केही बेरमा सरकारी वकिलको कार्यालय लगिने


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । संसद सचिवालयकी एक महिला कर्मचारी माथि हिंसा तथा दुर्व्यबहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई केही बेरमा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिने भएको छ ।
प्रहरी प्रभाग सिंहदरवारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि उहाँलाई अहिले नर्भिक अस्पतालमा राखिएको र दिउँसो १.०० जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने प्रहरी प्रहरी परिसर काठमाडौका डीएसपी कृष्णबहादुर चन्दले बताउनुभयो ।
सरकारी वकिलको कार्यालयबाट उहाँलाई सिधै काठमाडौं जिल्ला अदालत लगिने छ ।
महिला माथि दुर्व्यबहार भएको आरोपमा महरालाई दश दिन अघि प्रहरीले सभामुखको निजी निवासबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?