logo
२०८१ मंसिर १० सोमवार



विद्यार्थीलाई निःशुल्क माक्स र साबुन

खुला |


विद्यार्थीलाई निःशुल्क माक्स र साबुन


मधुसुधन तिमल्सिना
काभ्रे, फागुन २७ गते । धुलिखेल नगरपालिका वडा न १० ले बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन वितरण गरेको छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमका बीच चार सय बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन वितरण गरेको हो ।

धुलिखेल वडा न १० का अध्यक्ष पुष्पराज राउतले कोरोना भाइरसबाट बच्नका लागि बिद्यार्थीलाई साबुन र माक्स वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कालिका माध्यमिक बिद्यालयका २७७ र बालज्योती आधारभूत बिद्यालयका १४४ बिद्यार्थी र शिक्षकलाई माक्स र साबुन वितरण गरिएको छ । वडा कार्यालयले १५ मिटर कपडा किनेर चार सय ११ वटा माक्स बनाएर वितरण गरेको उहाँँले जानकारी दिनुभयो । एउटा माक्स हामीले १२ रुपियाँ तयार पारेका छौँ । हामी पनि केही कुरामा आत्मानिर्भर हुनुपर्छ भन्नका लागि हामीले माक्स बनाएर बिद्यार्थीलाई बाँडेका हौँ । उहाँले वडामा रहेका २८ सयलाई नै माक्स वितरण गर्न लागिएको बताउनुभयो ।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले कोरोना संक्रमणबाट बच्न नगरले पूर्व तयारी गरिरहेको बताउनुभयो । उहाँले नगरका सबै स्वास्थ्य चौकीमा औषधी रहेको जानकारी दिनुभयो । उहाँले कोरोनाबाट डराए पनि नतर्सिन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले स्थानीय सरकारले सचेता मुलक कार्यक्रम सञ्चालन सक्नुपर्नेमा जोड्दिनुभयो ।

धुलिखेल नगरपालिका वडा न १० का स्वास्थ्य चौकीका इन्चार्ज शंकर अधिकारीले घरघरका कोरोनाका बारेमा जानकारी दिन माक्स र साबुन वितरण सुरु गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?