logo
२०८१ मंसिर १० सोमवार



गण्डकी प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षण

फिचर |
खुला |


गण्डकी प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षण


चन्द्रप्रकाश शर्मा
पोखरा,बैशाख १ गते । गण्डकी प्रदेशका सबै जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण भए नभएको परीक्षण सुरु गरिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयकाअनुसार प्रदेशका ११ जिल्लामा परीक्षण भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण विदेशबाट आएका व्यक्तिहरुमा देखिएकाले चैत महिनामा विदेशबाट नेपाल आएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको परीक्षण सुरु गरिएको थियो । गण्डकी प्रदेशभर अहिलेसम्म चार हजार ५४३ जना विदेशबाट आएकाहरु रहेकाले उनीहरु सबैको परीक्षण गर्न सुरु गरिएको प्रदेश जनस्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमितसँगैको सम्पर्कमा आएका र कोरोना भाइरस संक्रमणको लक्षण देखिएकालाई पिसिआर मेसिनबाट र अन्य विदेशबाट आएका सबै व्यक्तिहरुको ¥यापिट टेस्ट किटको प्रयोग गरेर परीक्षण भइरहेको शर्माले जानकारी दिनुभयो । शर्माका आइतबार बेलुकासम्म पिसिआर मेसिनबाट परीक्षणका लागि संकलन भएका ३६५ वटा नमूना मध्य ३११ जना र ¥यापिड टेस्ट किटबाट एक हजार ३८२ जनाको परीक्षण सकिएको छ ।

जनस्वास्थ्य निर्देशनालयका अनुसार आइतबार कास्कीमा ३४८ जना विदेशबाट आएका मध्य ९५ जनाको नमूना संकलन गरिएकोमा ८५ जनाको पिसिआर र १९ जनाको ¥यापिड टेस्ट किटबाट, स्याङ्जामा ५८१ जना विदेशबाट आएका मध्य १०० जनाको पिसिआर मेसिनबाट र २०९ जनाको ¥यापिड टेस्ट किटबाट नमूना परीक्षण सकिएको र ति सबैको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै तनहुँमा ७१३ जना विदेशबाट आएका मध्य तीन जनाको पिसिआर र ३३ जनाको ¥यापिड टेस्ट किटबाट, लमजुङमा विदेशबाट आएका १८८ मध्य ३० जनाको पिसिआर र ६६ जनाको ¥यापिड टेस्ट किटबाट परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको र बाँकी १० जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

गोरखामा विदेशबाट आएका ३९७ मध्य ३ जनाको पिसिआर र २० जनाको ¥यापिड टेस्ट किटबाट, पर्वतमा विदेशबाट आएका ३१६ जना मध्य ४६ जनाको पिसिआर र २३९ जनाको ¥यापिड टेस्ट किटबाट गरिएका परीक्षण नेगेटिभ आएको र २० जनाको पिसिआरबाट परीक्षण भइरहेको छ । म्याग्दीमा १३८ जना विदेशबाट आएका मधय चार जनाको पिसिआर र ५२ जनाको ¥यापिड टेस्ट किटबाट, नवलपुरमा ५६० जना विदेशबाट आएका मध्य ६२ जनाको ¥यापिड टेस्ट किटबाट परीक्षण गरिएको थियो ।
यसैगरी हिमालपारीको जिल्ला मनाङमा विदेशबाट आएका तीन जना रहेकोमा उनीहरुको पिसिआर मेसिनबाट परीक्षण गरिएको थियो । मुस्ताङमा विदेशबाट आएका २५ जना मध्य सात जनाको ¥यापिड टेस्ट किटबाट परीक्षण गरिएको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

दुई कोरोना भाइरस संक्रमितको उपचार भइरहेको बागलुङमा संघीय सरकारले घोषणा गरेको ¥यापिड टेस्ट किटबाट परीक्षण गर्ने अभियान अनुसार आइतबार बेलुकासम्म ६७५ जनाको परीक्षण सकिएको छ । बागलुङमा विदेशबाट आएका ८३६ जना मध्य ३९ जनाको पिसिआर मेसिनबाट परीक्षणका लागि पठाइएकोमा ३५ जनाको नेगेटिभ, दुई जनाको पोजेटिभ र दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको छ । पोजेटिभ देखिएका दुवैजना विदेशबाट आएका र उनीहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?