logo
२०८१ मंसिर १२ बुधवार



हुम्लाबाट २२६ स्वाब पीसीआर परीक्षणका लागि सुर्खेत पठाइयो

खुला |


हुम्लाबाट २२६ स्वाब पीसीआर परीक्षणका लागि सुर्खेत पठाइयो


हुम्ला समाचारदाता
सिमकोट जेठ ४ गते । हुम्लाका विभिन्न क्वारेन्टाईनमा रहँदै आएकाकाे स्वाब सङ्कलन गरेर सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पीसीआर परिक्षणका लागि सङ्कलित स्वाब हवाईजहाजबाट सुर्खेत पठाइएको हो ।

क्वारेन्टाइनमा रहँदैआएका व्यक्तिमध्ये २२६ जनाको शनिबार सङ्कलन गरिएका स्वाबहरु आइतबार पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादर सिंहले बताउनुभयो । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी सिमकोट पुगेलगत्तै सुर्खेत पठाइएका हुन । स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न सुर्खेत पठाएको भएपनि व्यक्तिहरू भने परीक्षण रिपोर्टको नतिजा नआउँदै घरघरमा पठाइएको भन्दै विरोध आएको थियो ।

तर यसरी क्वारेन्टाइनबाट घर पठाइएको व्यक्तिहरूलाई घरमै होम क्वारेन्टाइनमा रहने गरी पठाइएको रिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो । त्यसैगरी १३९ जनाको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बताउनुभयो । उहाँहरू सबै घर फिर्ता हुनुभएको छ । यसअघि जेठ २ गते सङ्कलन गरी सुर्खेत पठाइएका ११ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?