logo
२०८१ मंसिर १२ बुधवार



काभ्रेमा उच्च सतर्कता, मृतकको उपचारमा संलग्न सबै क्वोरेन्टाइनमा

फिचर |
खुला |


काभ्रेमा उच्च सतर्कता, मृतकको उपचारमा संलग्न सबै क्वोरेन्टाइनमा



मधुसुधन तिमल्सिना
काभ्रे, जेठ ४ गते । धुलिखेल अस्पतालमा कोरोना भाइरसका कारण एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोक जिल्लामा उच्च सर्तकता अपाइएको छ । जेठ १ गते राती साढे ९ं.०० बजे धुलिखेल अस्पताल सिन्धुपलाचोक जिल्ला बाहृविसे नगरपालिका निवासी २९ बर्षीय सवित्री चालिसेको कोरोनाको कारण मृत्युभएपछि उच्च सर्तकता अपानाइएको हो ।
बिहीबारदेखि नै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ । यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिक लगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ । भने मृतकका श्रीमान, सासू, नन्द र नाबालकलाई ओसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्ला प्रवेश गर्ने मुख्य नाका, बजार एरिया लगायतमा उच्च सर्तकता अपनाइएको जानकारी दिनुभयो । त्यस्तै अतिआवश्यक सवारी साधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ ।
चालिसेको मृत्यु कोरोनाको कारण भएको खबर सुनेसँगै जिल्लाबासी त्रसित भएका छन । अन्य दिनको तुलनामा शनिवार बेलुका देखिने मानिस हिड्डुलमा कमी आएको छ । बजार सुनसान छन । मानिसको आवतजावतमा कमी आएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरु नै आवातजावत नगर्न आग्रह गर्दै हिडेका छन् । स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा प्रवेशमा कडाइ बनाएका छन । सुरक्षामा खटिएका सुरक्षाकर्मीले घर मै बस्न, सडकमा ननिस्कन अनुरोध गर्दै दिउँसो खुलेका पसल, होटल बन्द गराएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?