logo
२०८१ मंसिर १२ बुधवार



गुल्मीका मृतक शिक्षककाे प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाकाे रिपोर्ट नेगेटिभ   

फिचर |
खुला |


गुल्मीका मृतक शिक्षककाे प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाकाे रिपोर्ट नेगेटिभ   



तम्घास, जेठ ९ गते । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो ।    

स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका छ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?