logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा कोभिड–१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा कोभिड–१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत


नयाँ दिल्ली, जेठ १८ गते।
भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भई घर फर्किने वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये ४७.७६ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका वा भारतबाट अन्य मुलुक गएको बताइएको छ । मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा चार हजार ६१४ व्यक्ति निको भई घर फर्किएका वा यहाँबाट अन्य मुलुक गएका छन् । योसँगै कूल निको हुनेको सङ्ख्या ८६ हजार ९८३ पुगेको छ अर्थात् ४७.७६ प्रतिशत सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।”
हाल चिकित्सकको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ८९ हजार ९९५ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विभिन्न चरणमा पूर्वभावनात्मक र रोग निदानका लागि सक्रियता देखाई सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनलाई अघि बढाएकोले अन्य ठूला मुलुकको तुलनामा भारतमा सङ्क्रमण फैलिने क्रम सुस्त रहेको दाबी भारत सरकारले गरेको छ ।
भारतमा प्रति १० लाख जनसङ्ख्यामा १३३ जना सङ्क्रमित रहेको र चार जनाको मृत्यु भएको सरकारको तथ्याङ्कबाट पुष्टि भएको छ । अहिलेसम्म ३७ लाख ३७ हजार २७ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छ । परीक्षण भएका व्यक्तिको सङ्ख्या प्रति १० लाखमा दुई हजार ७१० हुन आउँछ ।
भारतमा आइतबारसम्ममा पाँच हजार १६४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने आठ हजार ९४४ गम्भीर खालका बिरामी रहेका मन्त्रालयले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?