logo
२०८० चैत्र १५ बिहीवार



उच्च पहाडमा बस्ने मानिसलाई कोरोना सङ्क्रमणको खतरा कम– अनुसन्धान

फिचर |
अन्तर्राष्ट्रिय |


उच्च पहाडमा बस्ने मानिसलाई कोरोना सङ्क्रमणको खतरा कम– अनुसन्धान


वासिङ्टन, जेठ १९ गते ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस सङ्क्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको सङ्क्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो ।
अमेरिकी पत्रिका वासिङ्टन पोष्टले याे अध्ययनको समाचार दिएको छ । समाचार अनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरूले अनुसन्धान गरेका हुन् ।
उनीहरूले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका देशको तुलनामा चीनकाे तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो ।
तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा सङ्क्रमणको दरमा तीन गुणाले कमी पाइएको छ । उनीहरूले मार्च २३ देखि अप्रिल ३ सम्म समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरू र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका चार लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?