logo
२०८१ मंसिर १३ बिहीवार



दैलेखमा एकै दिन ११४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २१८ पुग्यो

फिचर |
खुला |


दैलेखमा एकै दिन ११४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २१८ पुग्यो



कमल शर्मा
दैलेख, जेठ २२ गते । दैलेखमा थप ११४ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा १०६ र प्रदेश अस्पताल सुर्खेतकाे पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे हाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा १०५ जना कोरोना सङ्क्रमणमध्ये नारायण नगरपालिका वडा नं. १ का २२ बर्षीय पुरुष, वडा २ का १३, १७, १८, २०, २०, २०, २२, २२, २३, २४, २७, ३२, ३२, ३३, ३४, ३५, ४०, ४०, ४४, ४७ वर्षीय पुरुष, वडा न ३ का ८, १३, १७, २०, २०, २१, २३, २३, २३, २५, २५, ३०, ३५, ३५ वर्षीय पुरुष, २९ वर्षीया महिला सङ्क्रमित भएका छन् ।

त्यसैगरी, वडा ५ १८, १८, १८, २०, २२, ३८ वर्षीय पुरुष वडा ६ का ४, २१, २३, २३, २६, २७, २८, ३०, ४६, ५०, ५५ वर्षीय पुरुष र ५, २४, २७ वर्षीया महिलालाई भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यता, वडा १० का १९, ३३, १९, २१, २७, ३२, ४४, २, २१, १४ वर्षीय पुरुष, वडा ११ का १७, १८, १८, १८, १८, २०, २०, २२, २२, २४ वर्षीय पुरुष, वडा ९ का २० वर्षीय पुरुष, वडा ४ देवकाडाँका १३, १६, १६, १८, १८, १९, १९, २२, २४, २७, २८, २८ वर्षीय पुरुष र वडा ४ मानटाकुुराका १७, १७, १८, २४, २४, २८, ३० वर्षीय पुरुषलाई कोरोना भाइरस पोजिटिभ रिपाेर्ट आएको हो ।

उता, वडा ४ सोतका १७, १८, १८, २०, २३, ३०, ३२, ३६, ४० वर्षीय पुरुष, वडा ९ का १८, ५२ वर्षीय पुरुष, नौमुले गाउँपालिका वडा १ का २१, २३ वर्षीय पुरुष वडा २ का २१, २३, ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको हो ।

त्यस्तै, कर्णाली प्रदेशको मुगु जिल्लाको खत्याड २ का २७ वर्षीया पुरुषमा समेत कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । त्यो संगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८९ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?