प्रतीक इच्छुक शर्मा
सल्यान, जेठ २५ गते । सल्यानमा नयाँ थप २८ जना सङ्क्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा सङ्क्रमण देखिएको हो ।
यो सँगै सल्यानमा सङ्क्रमिकोे सङ्ख्या १२० पुगेको छ । आज पुष्टि भएका व्यक्ति १६ देखि ६० वर्ष उमेर समूहका छन् ।
आज थपिएका सङ्क्रमितहरु जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा २५ पुरुष र एक महिला र कुमाख गाउँपालिकामा दुईजना पुरुष गरी २८ जनामा सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिन मा बसेका उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाको इपिसेन्टर बन्दै सल्यान बनगाड कुपिण्डे
बनगाड कुपिण्डे नगरपालिका कोरोनाको इपिसेन्टर बन्न पुगेको छ । नगरपालिकामा मात्रै १०७ पुगेको छ ।
आइतबार सङ्क्रमित हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका १ का १८, १९, २०, २०, ३८, ६०, २२, २४ र २५ वर्षका पुरुष तथा १६ वर्षीया एक महिला रहेका छन् । वडा न ३ का २२, २९, २० र २४ वर्षका पुरुष, वडा न ४ का २८, ४९ र ५६ वर्षका पुरुष रहेका छन् ।
यस्तै, वडा न ५ का १७ र २०, वडा न ६ का ३५र ३६, वडा न ७ का २१, २२, २३, २५, ३३ , २३ रहेका छन् ।
सङ्क्रमित सबैलाई सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा १०७, दार्मा गाउँपालिकामा नौ, कुमाख गाउँपालिकामा दुई र कपुरकोट गाउँपालिकामा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सल्यानमा चार हजार बढी नागरिक भारतबाट भित्रिए
यहाँ क्वारेन्टिन बस्नेको सङ्ख्या बढ्दै जान थालेको छ । गएको २४ घण्टामा सल्यानमा चार हजार भन्दा बढी नागरिक भारतका विभिन्न नाकाबाट सल्यान भित्रिएका छन् ।
भारतबाट आएका नागरिक स्थानीयपालिकाहरुले निमार्ण गरेका क्वारेन्टिनमा बसिरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
एकै पटक ठूलो सङ्ख्यामा नागरिकहरु जिल्ला भित्रिदा व्यवस्थापनमा निकै समस्या भएको स्थानीय पालिकाहरुले जनाएका छन् । दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले पालिकाभित्रका सार्वजनिक संरचनाहरुमा क्वारेन्टाइन बनाई नागरिकहरु गर्दा पनि अझंै व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।