शेर बहादुर
बाजुरा, जेठ ३१ गते । बाजुराको बडिमालिका नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । बडिमालिका नगरपालिकाको वडा नं –२ को सत्यवादी विद्यालयमा रहेको क्वारेन्टाइनमा ४५ वर्षीय युवकको मृत्यु भएको हो ।
भारतको गौरीफण्टा नाकाबाट जेठ २७ गते बाजुरा पुगेर गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा २८ गते देखि बस्दै आएका थिए । गत शुक्रबार साझँ ९ बजे उनी बस्दै आएको क्वारेन्टाइनको अर्को खाली कोठामा डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनीसँगै त्यस क्वारेन्टाइनमा अन्य १६ जना पनि बस्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रसिहं ठगुन्नाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मृतक युवकले के कति कारणले डोरी लगाएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।’