logo
२०८१ मंसिर १४ शुक्रवार



रौतहटमा थप ४४ जनामा कोरोना पुष्टि

फिचर |
खुला |


रौतहटमा थप ४४ जनामा कोरोना पुष्टि


कृष्ण तिवारी
रौतहट, जेठ ३१ गते । रौतहटमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दुई सातायता विभिन्न कामले भारत गएका नेपाली स्वदेश फिर्ता भएसँगै यस जिल्लामा सङ्क्रमितको सङ्ख्यामा ह्वातै वृद्धि भएको छ ।
रौतहटमा शनिबार मात्रै ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै यस जिल्लामा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६६१ पुगेको छ ।
शनिबार सङ्क्रमित फेला परेका सबै जना परोहा नगरपालिकाको रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।
काठमाडौँको टेकुस्थित राष्ट्रिय प्रयाेगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
सङ्क्रमित पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपाली रहेका छन् ।
सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि शुक्रबार मात्रै ८१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्लाको विभिन्न स्थानीय तहले हालसम्म निर्माण गरेको १० हजार २८७ बेडको क्वारेन्टाइनमा ३३९ महिला र सात हजार १५५ पुरुष गरी जम्मा सात हजार ४९४ जना बसिरहेका छन । यस जिल्लाको क्वारेन्टाइनबाट नेगेटिभ रिपोर्ट आएका तीन हजार ३८९ जनालाई घर फिर्ता गरिएको र अझै तीन हजार ९११ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?