logo
२०८१ मंसिर १४ शुक्रवार



क्वारेन्टाइनमा रहेका युवाद्वारा आत्महत्या

फिचर |
खुला |


क्वारेन्टाइनमा रहेका युवाद्वारा आत्महत्या


गणेश खनाल

अर्घाखाँची, असार ३ गते । जिल्लाकाे शीतगङ्गा नगरपालिका वडा नंं ५, जुकेनाकाे हरि माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका ४५  वर्षका देवबहादुर विकले आत्महत्या गर्नुभएकाे छ  ।

उहाँकाे जेठ २४ गते आरडीटी परीक्षणमा काेराेना पाेजिटिभ आएकाे वडा अध्यक्ष कमल पाैडेलले जानकारी दिनुभयाे । उहाँले रुखमा झुन्डिएर आत्महत्या गरेकाे जनाइएकाे छ । नमूना सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकाे छ ।

उहाँ भारतबाट आएकाे २५ दिन भएकाे थिए । भारतकाे पञ्जावबाट आएर क्वारेन्टाइनमा बस्नुभएकाे हाे  । हरि माविकाे क्वारेन्टाइनमा २५ जना रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?