logo
२०८१ मंसिर १४ शुक्रवार



कर्णालीमा एकै दिन १५२ जना डिस्चार्ज, थप १८ जनामा कोरोना सङ्क्रमण

फिचर |
खुला |


कर्णालीमा एकै दिन १५२ जना डिस्चार्ज, थप १८ जनामा कोरोना सङ्क्रमण


मुना हमाल
सुर्खेत, असार ३ गते । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएकाे परीक्षणमा कालिकोटका १४ जना र दैलेख र सुर्खेतका दुई/दुई जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै बुधबार एकै दिन १५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छ्न् । दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट १०६, नारायण क्याम्पसमा रहेको आइसोलेसन र जिल्ला अस्पताल दैलेखबाट ४३ जना, प्रदेश अस्पताल सुर्खेतबाट तीन जना निको भएर घर गएका हुन् । योसँगै कोरोनामुक्त भएर घर जानेको सङ्ख्या कर्णालीमा ४९४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?