logo
२०८१ मंसिर १४ शुक्रवार



कोरोना सङ्क्रमित बढेपछि डडेल्धुरा सदरमुकाम सिल

फिचर |
खुला |


कोरोना सङ्क्रमित बढेपछि डडेल्धुरा सदरमुकाम सिल
जिल्ला सदरमुकाम स्थित बागबजार पुर्णरुपमा बन्द । तस्बिर - हिक्मत सिंह



हिक्मत सिंह
डडेल्धुरा, असार ६ गते । डडेल्धुरामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि जिल्ला सदरमुकाम सिल गरिएकाे छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी लगाइएको सिल शनिबार पूर्णरुपमा बन्द भएको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम क्षेत्र सिल गरिएपछि बजार, उद्योग तथा खुद्रा पसल पूर्ण रुपमा बन्द गरिएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शनिबारदेखि अनिश्चितकालका लागि व्यापार–व्यवसाय सबै बन्द गर्न माइकिङ गरी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

अनिश्चितकालका लागि गरिएको बन्दमा सरकारी कार्यालय र अति आवश्यक सेवाबाहेक अन्य कार्यालय तथा सेवाहरू पूर्णरुपले बन्द हुने जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘डडेल्धुरामा कोरोना सङ्क्रमितको सङ्ख्या १२८ जना पुगिसक्यो, सतर्क हुनु जरुरी छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?