logo
२०८२ भाद्र १२ बिहीवार



गर्भवती महिलाको हेलिकप्टरबाट स–शुल्क उद्धार

फिचर |
खुला |


गर्भवती महिलाको हेलिकप्टरबाट स–शुल्क उद्धार



मधुसुधन तिमल्सिना
काभ्रे, साउन ३ गते । जिल्लाको विकट महाभारत गाउँपालिकाकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । महाभारत गाउँपालिका वडा न २ गोकुलेकी १९ वर्षीया सुनिता थोकरलाई हेलिकप्टरबाट उद्धार गरी प्रसुति गृह, थापाथली लगिएको छ ।
“दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई मार्फत् उद्धार” गर्दै आएको हेलिकप्टरले काभ्रेपलाञ्चोक जिल्ला सुगम रहेकाले जान नमिल्ने बताएपछि गाउँपालिकाको समन्वयमा निजी हेलिकप्टरबाट थोकरको उद्धार गरिएको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले एक लाख रुपियाँमा कैलाश हेलिकप्टर मार्फत् महिलाको उद्धार गरिएको बताउनुभयो । महिलालाई सुत्केरी व्यथा लागेपछि परिवारले गोकुले स्वास्थ्यचौकीमा ल्याएका थिए । त्यहाँ उपचार सम्भव नरहेपछि स्वास्थ्यकर्मीले तत्काल उद्धार गर्नु परिवारलाई भनेका थिए । त्यसपछि गाउँपालिकाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको समितिसँग समन्वय गरेको थियो तर उसले काभ्रेपलाञ्चोक आउन नमिल्ने बताएपछि निजी हेलिकप्टर बोलाएर गर्भवती महिलाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष जिम्वाले जानकारी दिनुभयो ।
उहाँले लगातार पानीका कारण कतै पनि सडक नरहेकाले हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण हेलिकप्टर तत्काल लैजान पनि नमिल्ने भएपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा पत्र लेखेर हेलिकप्टर मगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?