logo
२०८२ भाद्र १८ बुधवार



नेपालको पूर्वी सीमा मेचीनगर एक साताका लागि लकडाउन

फिचर |
खुला |


नेपालको पूर्वी सीमा मेचीनगर एक साताका लागि लकडाउन


लीला झापाली
बिर्तामोड, साउन २८ गते । समुदायस्तरमै कोरोना सङ्क्रमण देखा परेपछि नेपालको पूर्वी सीमा मेचीनगर नगरपालिका एक साताका लागि लकडाउन गरिएको छ ।
मेचीनगरमा गत साउन २४ गते १०२ जनाको समुदायस्तरको स्वाब सङ्कलन गरी चेक गरिएकोमा चार जनाको नतिजा पोजिटिभ देखिएपछि मेचीनगरमा समुदायमै कोरोना पुष्टि भएको भन्दै मेचीनगर नगरपालिकाले बिहीबारदेखि एक साताका लागि लक डाउन गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो । पछिल्लो पटक कोरोना सङ्क्रमित हुनेहरूमा एक अस्पतालका डाक्टरसमेत रहनुभएको छ भने दुई जना खेलाडी र एक जना पुरुष रहनुभएको छ ।
मेचीनगरमा यसअघि ठूलो सङ्ख्यामा नेपाल भारत सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा समेत एकसाथ कोरोना सङ्क्रमण देखिएको थियो । मेचीनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या हाल एकसय पुगेको छ ।
पछिल्लो पटक झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले लकडाउन खोले पनि छिमेकी नगरपालिका कनकाईले भने पुनः साउन २५ गतेदेखि भदौ ५ गतेसम्म लकडाउनको निर्णय गरेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?