गोकर्ण पौडेल
तुलसीपुर, भदौ १ गते । तुलसीपुरमा घरमै बसेका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार कोरोना सङ्क्रमण भएपछि सङ्क्रमितको घरमा सिल गरिएको छ । साउन २६ गते स्वाब दिएका सङ्क्रमित व्यक्तिको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमणको पुष्टि भएपछि घरमा आवात–जावतमा रोक लगाइएको छ ।
सङ्क्रमित व्यक्तिलाई बेलुझुण्डीको कोरोना विशेष अस्पतालमा लगिएको छ । घरका परिवारका सदस्यका कारोनाको लक्षण देखिएपछि मात्रै कोरोना परीक्षण गरिने स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति विमल केसीले जानकारी दिनुभयो ।
घरमै बसेका व्यक्तिमा कोराना सङ्क्रमण देखिएपछि स्थानीय त्रासमा रहेका छन् । सङ्क्रमित व्यक्ति घरमै बसे पनि परिवारका सदस्यहरु अन्य व्यक्तिको सम्पर्कमा रहेका छन् ।
सल्यानको कपुरकोटमा रहेको राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रमा कार्यरत रहेका कपुरकोट गाउँपालिकाका कोभिड–१९ सम्पर्क व्यक्ति देवेन्द्र सेनले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकामा १६ जना सङ्क्रमितको कोरोना विशेष अस्पतालमा राखिएको छ । तुलसीपुर उपमहानगरपालिकामा मात्रै ७८ जनामा कोेरोना सङ्क्रमण देखापरेको छ भने ६२ जना निको भएर घर फर्किसकेका छन् ।