वसन्त पराजुली
भरतपुर, भदौ ४ गते । भरतपुर अस्पतालमा उपचार गराइरहेका एक कोरोना सङ्क्रमित पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ । रतन्नगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
ती व्यक्ति दीर्घरोगी रहेको र अहिले फोक्सोको क्षयरोग र शरीरभरि घाउ आएको थियो । विगत छ दिनदेखि भरतपुर अस्पतालमा उपचार गराइरहनुभएको ती व्यक्तिकाे अस्पतालको आइसियूमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
पछिल्लाे मृत्युसँगै चितवनमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । खैरहनीकी १०९ वर्षीय महिला र भरतपुरका एक पुरुष यसअघि कोरोना सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ ।