logo
२०८२ भाद्र २४ मंगलवार



बारामा थप ९३ जनामा सङ्क्रमण पुष्टि

फिचर |
खुला |


बारामा थप ९३ जनामा सङ्क्रमण पुष्टि



शिवशङ्कर मिश्र
बारा, भदौ ८ गते । बारामा थप ९३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको सोमबार दिउँसो आएको रिपोर्टमा बाराका ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार २८ महिला र ७७ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । कलैया उपमहानगरपालिकाका ७४ जना र जितपुर सिमरा उपमहानगरको अमलेखगञ्जमा १६, विश्रामपुर गाउँपालिकामा एक र नौसात भनिने टोलमा दुईजना गरी ९३ जना नयाँ सङ्क्रमित फेला परेका हुन् ।
थपिएका सङ्क्रमितहरूलाई कलैया तथा जितपुर सिमराको आइसोलेसनमा ल्याउने तयारी सुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । योसँगै बारामा सङ्क्रमितको सङ्ख्या ६८० पुगेकोमा २५२ जना कोरोनालाई जितेर घर फिर्ता आएको उहाँले बताउनुभयो । हालसम्म बारामा कोरोनाबाट आठ जनाले ज्यान गुमाइसकेका छन् ।
यसरी बारामा बढ्दै गइरहेको सङ्क्रमणलाई रोक्न प्रहरी प्रशासनले बिना काम बाहिर ननिस्कन आग्रहका साथ दण्ड जरिवाना गरे पनि ठाउँठाउँमा भेला हुने र बाहिर घुम्ने कार्य रोकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?