logo
२०८१ असोज १३ आईतवार



प्रदेश नं. २ मा ७९ जना नयाँ संक्रमित थपिए

फिचर |
खुला |


प्रदेश नं. २ मा ७९ जना नयाँ संक्रमित थपिए



प्रदेश - २ व्युरो
जनकपुरधाम, असोज १६ गते । प्रदेश नं.२ मा शुक्रबार ७९ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का निमित निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ हजार ६९० पुगेकोे उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज सप्तरीमा सबैभन्दा बढी २८ जना, धनुषामा तीनजना, महोतरीमा एक जना, रौतहटमा एक जना, सर्लाहीमा तीनजना, बारामा १० जना, सिरहामा आठ जना, पर्सामा २४ जना र अन्य एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा दुई जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेहरुमा सिरहाको सुखिपुर नगरपालिका वडा नं.२ का एक ५५ वर्षीय पुरुष र अर्का सप्तरीको विशनपुर गाँउपालिका वडा नं.५ का ६७ वर्षीय रहेका छन् । योसँगै प्रदेश नं.२ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

उहाँले प्रदेश नं.२ मा गत २४ घण्टामा ४०६ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्केको जानकारी गराउनु भयो । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या दस हजार ९७७ जना पुगेको निमित्त स्वास्थ्य निर्देशक झाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?