logo
२०८१ असोज १३ आईतवार



गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाध्यो

फिचर |
खुला |


गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाध्यो



चन्द्रप्रकाश शर्मा
पोखरा, असोज १७ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । गत चैत १५ गते पहिलो सङ्क्रमित पुष्टि भएको गण्डकी प्रदेशमा शनिबार बिहानसम्म ७० हजार ७३५ जनाको स्वाब परीक्षण गर्दा चार हजार दस जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

गण्डकी स्वास्थ्य निर्देशनालय दिएको जानकारीअनुसार छ महिनाको अवधीमा सङ्क्रमण पुष्टी भएका चार हजार दस जना सङ्क्रमित ३३ जनाको मृत्यु भएको, दुई हजार ८३१ जना निको भएर घर फर्केको र एक हजार १४६ जना अहिले पनि आइसोलेसनमा उपचाररत रहेका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लामा एक हजार १४ जनामा सङ्क्रमण पुष्टि भएकोमा ११ जनाको मृत्यु र ३९९ जना निको भएर घर फर्केका छन् । कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन अस्पतालसँगै होम आइसोलेसनको समेत प्रबन्ध गरेर सङ्क्रमितलाई सुरक्षित तरिकाले राखिएको छ ।

यस्तै, पूर्वी नवलपरासीका ८९९ जना सङ्क्रमित मध्ये छ जनाको मृत्यु, ६६४ जना निको भई घर फर्केको र २२९ जना आइसोलेसनमा रहेका छन् । तनहुँका ४४३ सङ्क्रमित मध्य, पाँच जनाको मृत्यु, ३४८ जना निको र ९० जना आइसोलेसनमा, बागलुङका ४१२ सङ्क्रमित मध्य एक जनाको मृत्यु, ३३१ जना निको र ८० जना आइसोलेसन, स्याङ्जाका ४०४ जना सङ्क्रमित मध्य तीन जनाको मृत्यु, ३८६ जना निको र १५ जना आइसोलेसनमा, लमजुङका ३९२ जना सङ्क्रमित मध्य ३३५ जना निको भईं ५७ जना मात्र आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसैगरी, गोरखाका २५९ जना सङ्क्रमित मध्य छ जनाको मृत्यु, १९९ जना निको भई ५४ जना आइसोलेसनमा, पर्वतका १२३ जना सङ्क्रमित मध्य ११४ जना निको र ९ जना आइसोलेसनमा, म्याग्दीका ५५ जना सङ्क्रमित मध्य एक जनाको मृत्यु, ५० जना निको र चार जना आइसोलेसनमा, मनाङमा आठ जना सङ्क्रमित मध्य चार जना निको भई चार जना आइसोलेसनमा र मनाङका एक जना सङ्क्रमित मध्य एक जना निको भई सक्रिय सङ्क्रमित शुन्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकीमा कोरोना सङ्क्रमितको सिलसिला चार महिनादेखि निरन्तर रहिरहेको छ । चैत, वैशाख र जेठमा दुई सयको हाराहारीमा सङ्क्रमित रहेको गण्डकीमा असारदेखि सङ्क्रमितको संख्या बढ्ने सिलसिला सुरु भएको थियो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र गण्डकी क्षयरोग उपचार केन्द्रमा रहेको प्रयोगशालाका अलावा काठमाडौं तथा भरतपुरका प्रयोगशालामा समेत कोरोनाको परीक्षण भइरहेको छ । असारसम्मका सङ्क्रमित विदेशबाट आएर क्वारेन्टीनमा बसेका रहे पनि त्यसपछिका अधिकांश सङ्क्रमित समुदाय स्तरका तथा सङ्क्रमितको सम्पर्कमा आएकाहरु रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?