logo
२०८१ असोज १२ शनिवार



मेचीनगर प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि

फिचर |
खुला |


मेचीनगर प्रमुख  विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि
मेचीनगरका नगरप्रमुख विमल आचार्य



बिर्तामोड समाचारदाता
बिर्तामोड, असोज २८ गते । झापा मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण पुष्टि भएको छ ।

कनकाई प्रयोगशालामा गरिएको पिसिआर चेकमा नगरप्रमुख आचार्यको रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिनुभयो ।
नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।

नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होम आइसोलेसनमा रहनुभएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।
आज मेचीनगरमा नगरप्रमुखसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?