logo
२०८१ असोज १२ शनिवार



मासु पसलको बदमासी बासी र कुहिएको बिक्री गर्ने गरेको भेटियो    

फिचर |
खुला |


मासु पसलको  बदमासी बासी र कुहिएको बिक्री  गर्ने गरेको भेटियो    
सांकेतिक तस्बीर


भक्तपुर,असोज २९ गते। यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको छ । दशैंलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमन गर्दा व्यवसायीले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासी कुहिएको मासु बिक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।    
    
अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगाको मासु पसलमा बिग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाइएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ । 

 नुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंँगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडाबर्तन सफा राख्न, मूल्यसूची राख्न, ससेजको लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।    
    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?