logo
२०८१ असोज १२ शनिवार



लुम्बिनी प्रदेशमा बढी संक्रमित, एकै दिन ३७७ जना कोरोना संक्रमित थपिए

फिचर |
खुला |


लुम्बिनी प्रदेशमा बढी संक्रमित,  एकै दिन ३७७ जना कोरोना संक्रमित थपिए


दीपक ज्ञवाली

बुटवल, असोज ३० गते । लुम्बिनी प्रदेशमा शुक्रबार अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार यो प्रदेशमा एकै दिन ३७७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २५६ जना पुरुष र १२१ जना महिला छन् ।

यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो । डा.पौडेलले यो अहिलेसम्मकै बढी र कहालीलाग्दो भएको बताउनुभयो ।

शुक्रबारसम्म लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ६७ पुगेको छ । यो देशभरको तुलनामा १२ प्रतिशत हो ।

प्रदेशमा संक्रिय संक्रमितको संख्या ३ हजार ६०४ छ । ३४४ जनामा विभिन्न लक्षण रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?