logo
२०८१ असोज १२ शनिवार



जीप दुर्घटनामा परी एकको मृत्यु, चार गम्भीर घाइते

फिचर |
खुला |


जीप दुर्घटनामा परी एकको मृत्यु, चार गम्भीर घाइते


अर्जुन काफ्ले
स्याङ्जा, कार्तिक २३ गते । भिरकोट नगरपालिका ५ हर्खौडीमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । पकान फाँटबाट पराल बोकेर हर्खौडीतर्फ जादै गरेको लु १ च २६९६ नम्बरको जीप दुर्घटना हुँदा १७ वर्षीय असिम सेनको निधन भएको हो ।
जीप दुर्घटनामा घाइते सेनको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा भिरकोट ५ का ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, ५२वर्षीय दिलबहादुर सेन र २२ वर्षीय अञ्जन सेन घाइते भएको अधिकारीले बताउनुभयो ।
दुर्घटनामा घाइते चारै जनाको भिरकोट १ हेलुमा रहेको कालिका सामुदायिक अस्पताल हेलु उपचार भैरहेको अधिकारीले बतााउनुभयो ।
जीप ग्रामीण सडकबाट ३० मीटर तल खसेको र दुर्घटनापछि फरार चालक राजु पंगेनीलाई पक्राउ गरिएको अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?