logo
२०८१ श्रावण १२ शनिवार

  मन्त्रिपरिषद्को निर्णय  



आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित   

फिचर |
खुला |


आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित   


दीपक श्रेष्ठ

काठमाडौँ, मङ्सिर १० गते। मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ । मङ्सिर २७ मा गर्ने भनिएको ट्रेड युनियनको निर्वाचन कोरोना भाइरस ९कोभिड–१९० महामारीको जोखिम कायमै रहेकाले तोकिएको समयमा गर्न नसकिने निर्णय बैठकले गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता पार्वत गुरुङले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।  यसअघि नै मन्त्रिपरिषद् बैठकले २०७८ वैशाससम्म ट्रेड युनियनको म्याद थप्ने निर्णय गरिसकेको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?