logo
२०८१ असोज ९ बुधवार



दोलखाबाट काठमाण्डौ आउँदै गरेको यात्रु बस दुर्घटना 

फिचर |
खुला |


दोलखाबाट काठमाण्डौ  आउँदै  गरेको यात्रु बस दुर्घटना 
तस्विरः बिदुर आचार्य


बिदुर आचार्य

चौतारा, माघ २० गते । दोलखाबाट काठमाडौ जाँदै गरेको अरनिको यातायात को बा ३ ख २७८९ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको एघारकिलोमा दुर्घटना भएको छ।  दुर्घटनामा परी १५ जना बढी घाइते भएका छन् । घाइतेहरुको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको र घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । मंगलबार सवा एकमा दोलखाबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बस तीव्रगतिमा आएको र सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन् । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?