logo
२०८१ असोज ८ मंगलवार



तीन करोड रुपियाँकाे लगानी रहेकाे फर्निचर उद्योगमा आगलागी

फिचर |
खुला |


तीन करोड रुपियाँकाे लगानी रहेकाे फर्निचर उद्योगमा आगलागी



अविनाश चौधरी
धनगढी, फागुन २२ गते । कैलालीको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टि कन्सर्न फर्निचर उद्योगमा आज भीषण आगलागी भएको छ ।
मध्याह्न १२ बजेतिर आगलागी भएको हो । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयद्वारा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । दुई घण्टा बित्दासमेत अझै आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।
करिब तीन करोड रुपियाँ लगानीका सो फर्निचर उद्योग सञ्चालन गरिएको हो । त्यसको अझै पनि औपचारिक रुपमा उद्घाटन भइसकेको छैन । उद्घाटन नहुँदै करोड लगानीको फर्निचर उद्योग खरानीमा परिणत भएको छ । आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?