logo
२०८१ असोज ५ शनिवार



टोलवस्तीमै पुगेर कोरोना परीक्षण

फिचर |
खुला |
समाज |


टोलवस्तीमै पुगेर कोरोना परीक्षण
वडामै गएर स्वाव संकलन गर्दै । तस्विर - जयकृष्ण यादव । इनरुवा



जयकुष्ण यादव
इनरुवा, जेठ २१ गते । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । जनताको सहजताका लागि टोलमै पुगेर घरबाट बोलाउँदै निःण्ज्ञशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाउँना साथ उपमहानगरको स्वास्थ्य टोली समुदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ । एक दिनमा सयभन्दा बढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शुल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशुल्क परीक्षण गरिरहेको हो ।
‘अहिले परीक्षण गरेकै दिन रिर्पोट आउने गरेको छ,’ स्वास्थ्य शाखाकी पुजा भटटराईले भन्नुभयो “हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो, ढिलो हुँदा पनि भोलिपल्ट त आउँछ ।’
प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था बुझ्ने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गर्नुभएको छ । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ । इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजनसहितको आइसोलेसनवाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन् । उता, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकाले पनि वडा तहमा नै स्वाब संकलनको कार्य सुरु गरेको छ । समुदायमा कोरोनाको लक्षण भएकाहरुलाई र अन्यलाई पनि पिसीआरका लागि स्वाव दिन आग्रह गर्दै स्वाव संकलन शिविरनै चलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?