logo
२०८१ बैशाख १७ सोमवार



दुई दिनमै देशभर मनसुन फैलिने

फिचर |
खुला |


दुई दिनमै देशभर मनसुन फैलिने
सांकेतिक


गाेरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते  । यस वर्षको मनसुनी चक्र शुक्रबारबाट नेपाल प्रवेश भएसँगै दुईदिन भित्रैै देशभर फैलिने जल तथा माैसम विज्ञान विभागले जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीले विज्ञप्ती जारी गर्दै यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले साना तथा सहायक नदीहरुमा आकस्मिक बाढीको सम्भावना बढी भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । अघिल्लो वर्ष जेठ ३० गते भिति्रएको मनसुनी चक्र यसवर्ष भने दुई दिन चाँडो र औसत समयअनुसार दुई दिन ढिलो गरी पूर्वनेपालबाट भित्रिएको छ ।

२०७७ असोज ३० गते वाहिरिएको मनसुनी चक्र करिव आठ महिनाको अन्तरमा मनसुन भिति्रएको विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा भिति्रने र सेक्टेम्वर २३ मा वाहिरीने औसत समय मानिन्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । प्रदेश १, २ र वागमती प्रदेशबाट भित्रिएको मनसुन सक्रिय हुँदा हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म फैलिएको छ । मनसुन भित्रिएको दुई दिनभित्रै सुदूरपश्चिम नेपालसम्म फैलिने सम्भावना रहेको जनाएको हो ।

विभागले भने ठुला नदीमा ३ दिन र साना नदीहरुमा २४ घण्टाको मात्र बाढीको सूचना दिने गर्नाले साना र सहायक नदीहरुबाट बढी जोखिम हुने जनाएको छ । पछिल्लो २४ घण्टामा पोखरामा ५८, काठमाडौंमा ५४ र ओखलढुङ्गामा २६ मिलिमिटर पानी परेको विभागको तथ्याङ्क छ । २४ घण्टामा सबैभन्दा धेरै तापक्रम भैरहवामा ३७ डिग्री र सबैभन्दा कम जुम्लामा १४ डिग्री तापक्रम थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?