logo
२०८१ असोज ५ शनिवार



निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० सवारी साधन प्रहरी नियन्त्रणमा

फिचर |
खुला |


निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० सवारी साधन प्रहरी नियन्त्रणमा
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १२ गते । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय १ वटा गाडी र १ हजार १ सय ८९ वटा मोटरसाइकल छन् ।
 
नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात् छोडिने गरिएको दैनिक ट्राफिक बुलेटिनमा जनाइएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १५ जनालाइ  निःशुल्क मास्क वितरण गरिएको छ ।
 
कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ५ सय १२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६८ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार ८ सय रुपियाँ जरिवाना गरिएको छ ।
 
सो क्रममा २ हजार ३ सय १२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार २ सय ४८ जनालाई सचेत गराइएको छ ।
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?