logo
२०८१ असोज ५ शनिवार



पूर्व पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

फिचर |
खुला |


पूर्व पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा
फाइल तस्बिर


ज्ञानु पंगेनी

कावासोती, असार १८ गते । बिहीबारदेखि ठप्प बनेको पूर्वी नवलपरासी स्थीत पूर्व पश्चिम राजमार्ग २४ घण्टा पछि एकतर्फी सञ्चालनमा आएको छ ।

गैँडाकोट नगरपालिका – १० थुम्सि जङ्गल क्षेत्रमा अविरल वर्षाका कारण डाइभर्सन बगाएपछि बिहीबार बिहान ९ बजेदेखि ठप्प भएको राजमार्ग शुक्रबार बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको छ ।

मुख्य डाइभर्सन बगाएको भन्दा दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी सञ्चालनमा ल्याएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । अहिले रोकिएका सवारीलाई विस्तारै वारपार गराइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नारायणगढ– बुटवल सकड आयोजना मिलेर अस्थायी डाइभर्सन बनाइएको हो । डाइभर्सन तयार हुन ढिला हुँदा सवारी जाम लामो छ । एम्बुलेन्सलाइ प्राथमिकता दिँदै सवै सवारी साधनहरु पास गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?