logo
२०८१ असोज ४ शुक्रवार



ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

फिचर |
पढ्नै पर्ने |
खुला |


ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै
फाइल तस्बीर


ललितपुर, असार २४ गते । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । पहिलो मात्रा सो लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने सूचनामा जनाइएको छ ।

सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।
यसैगरी ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार सो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?