logo
२०८१ भाद्र ३१ सोमवार



सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा

फिचर |
पढ्नै पर्ने |
खुला |


सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा
फाइल तस्बिर


काठमाडौं, साउन १४ गते । आफूले बेचेको उखुको भुक्तानीको माग गर्दै सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आइपुग्नुभएको छ ।
उखु किसान सङ्घर्ष समिति, सर्लाहीका सचिव हरि श्यामले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन आफूहरु फरि काठमाडौं आएको बताउनुभयो ।
उहाँका अनुसार बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी बक्यौता रकम र आगामी रणनीतिबारे जानकारी दिने बताउनुभयो । उहाँले आफूहरुको हिसाबअनुसार छ वटा मिलबाट ४१ करोड बक्यौता लिन बाँकी रहेको बताउनुभयो ।
‘उक्त रकम आगामी भदौसम्म उठाइदिन सरकारसँग माग राख्ने र त्यो समयम्म रकम नउठे फेरि आन्दोलनमा जान्छौं,’ उहाँले भन्नुभयो ।
त्यसोत उखु किसानहरुले गत वर्ष २८ मंसिरदखि पुस १३ गतेसम्म काठमाडौंको माइतीघरमा आन्दोलन गर्नुभएको थियो । सो क्रममा एक जना उखु किसानको हृदयघातका कारण मृत्यु भएको थियो ।
आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादप मंसिरको अन्तिम साता काठमाडौं आउनुभएको थियो । तर आन्दोलनकै क्रममा उहाँको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?