logo
२०८१ असोज ३ बिहीवार



मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

फिचर |
पढ्नै पर्ने |
खुला |


मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने


काठमाडौँ, साउन २७ गते । मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताउनुभयो ।

अबको दुई–तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उहाँको भनाइ थियो । वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएकोे छ ।

आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहनाका साथै प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव छ डिग्री सेल्सियस  छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?