logo
२०८१ बैशाख ६ बिहीवार



सेनालाई राष्ट्रिय वाणिज्यबाट सहुलियतपूर्ण आवास कर्जा

फिचर |
खुला |


सेनालाई राष्ट्रिय वाणिज्यबाट सहुलियतपूर्ण आवास कर्जा


गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रिय वाणिज्य बैङ्कले नेपाली सेनामा कार्यरत सकल दर्जालाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने भएको छ । कर्जा प्रवाह गर्ने विषयमा बैङ्क र सैनिक कल्याणकारी कोषबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापछि सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका सकल दर्जालाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपियाँसम्म सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?