एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ
रासस
जेष्ठ १३, २०७८ बिहीबार
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका...