कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो, फागुनसम्म १२९ पुल निर्माण
रासस
जेष्ठ १४, २०७८ शुक्रबार
रणनीतिक र स्थानीय गरी गत फागुन मसान्तसम्ममा १५ हजार ९७४ किमी कालोपत्रसहित गरी जम्मा सडकको लम्बाइ ३३ हजार ५२८ किमी पुगेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ग्राभेल सडक आठ हजार ६२२ किमी र कच्ची सडक नौ हजार १९८ किमी पुगेको उल्लेख छ ।
गत फागुनसम्ममा ५५० किमी कालोपत्र, ५०४ किमी ग्राभेल र २८४ किमी कच्ची सडक निर्माण भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्क छ । आव २०७६/७७ सम्ममा कालोपत्र...