धितोपत्र बजारमा बजेटको सकारात्मक असर, कारोवार रकम हालसम्मकै उच्च
रासस
जेष्ठ १६, २०७८ आईतवार
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ ।
नेप्से १२।५४ बिन्दुले बढेर दुई हजार ८२७।९३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।३५ ले वृद्धि भई ५०७।०५ मा पुगेको छ । कूल २१९ कम्पनीको कूल चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर...